काठमाडौं/७ बैशाख – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शिक्षक आन्दोलनको न्यायपूर्ण माग तुरुन्त सम्बोधन गरी शिक्षा ऐन टेवल गरेर पारित हुने सुनिश्चितता प्रदान गर्न सरकारसँग माग गरेको छ । विद्यार्थीलाई आन्दोलनको नाममा शिक्षण संस्थाको बाउन्सिल बल बनाउने अधिकार कसैलाई नरहेको उल्लेख गर्दै आन्दोलनको अन्त्य गर्न माग गरेको हो ।
साथै अहिले केवल आन्दोलन मात्रै नभएर सम्पूर्ण शिक्षा क्षेत्रको संकट रहेको र शिक्षक आन्दोलनका न्यायपूर्ण मागप्रति भने ऐक्यबद्धता रहेको अध्यक्ष समिक बडालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
अनेरास्ववियुले शिक्षक महासङ्घ र सरकार दुवैलाई संगठनको ३ बुँदे माग प्रस्ट्याएको छ । शिक्षकहरूलाई पनि केवल तलब खाने कर्मचारी नभई समाजको नेतृत्वकर्ता भन्दै अनेरास्ववियुले विद्यार्थीको भविष्य अन्धकारमा राखेर पाइएको सफलता स्थायी नहुने उल्लेख गरेको छ ।
हेर्नुहोस विज्ञप्ति





