काठमाडौं/७ चैत – सांसद सुहाङ नेम्वाङले इलाममा शैक्षिक केन्द्रका रूपमा विकास गर्न आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उक्त माग गरेका हुन् ।
उनले ग्रामीण क्षेत्रहरूका कतिपय विद्यालयहरूमा उचित कक्षाकोठा, पुस्तकालय तथा आधुनिक उपकरणाको अभाव रहेकोले विद्यार्थीहरूको सिकाइमा प्रकृया गम्भीर असर परेको बताए ।
उनले भने, ’इलामको साक्षरता दर ८३ प्रतिशत रहेको छ । इलाम सदरमुकाममा मरब क्याम्पस, आदर्श मावि लगायत केही विद्यालयहरूले न्यूनतम शिक्षाका मापदण्ड पूरा गरेका छन् । तर ग्रामीण क्षेत्रहरूका कतिपय विद्यालयहरूमा उचित कक्षाकोठा, पुस्तकालय तथा आधुनिक उपकरणाको अभाव रहेकोले विद्यार्थीहरूको सिकाइ प्रकृयामा गम्भीर असर परेको छ । त्यसैले इलाममा शैक्षिक केन्द्रका रूपमा विकास गर्न आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तारका लागि माग गर्न चाहन्छु ।’



