सेकरिड् हार्ड एकेडेमीको २२ औँ वार्षिकोत्सव मनायो

भक्तपुर/२४ फागुन – भक्तपुर नगरपालिका वडा नं ४, सूर्यविनायक स्थित सेकरिड् हार्ट एकेडेमी स्कुलले आफ्नो स्थापनाको २२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको हो ।


उपमेयर रजशी जोशीले विद्यालयको प्रशंसा गर्दै स्वदेशमा नै स्वरोजगार हुने जनशक्ति तयार गर्नु पर्नेमा जोड दिइन । उनले भक्तपुर नगरपालिकाले पनि शैक्षिक विकासमा विविध कार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा उत्कृष्ट शिक्षाका लागि लाग्ने बताइन ।


स्कुलका संस्थापक प्रिन्सिपल श्रीराम सुवालले विद्यार्थीहरूलाई हरेक क्षेत्रमा अब्बल बनाउन विद्यालय लागि परेको जानकारी दिँदै स्मार्ट क्लासरुमसँगै प्रविधि र सीपसहितको शिक्षा दिन विद्यालय लागी परेको बताए ।


उक्त अवसरमा विभिन्न खेल एवं अतिरिक्त विधामा सफल विद्यार्थीहरूलाई सम्मान गरिएको थियो भने एकल नृत्यको अन्तिम १४ जना प्रतियोगीले प्रतिस्पर्धा समेत गरेका थिए । साथै विद्यालयले उत्कृष्ट विद्यार्थीहरूलाई नगद पुरस्कारसहित सम्मानित गरेको थियो ।