शिक्षक आन्दोलनमा उत्रिए : शिक्षक-कर्मचारी मैत्री शिक्षा ऐन जारी गर्न माग

काठमाडौँ/२४ फागुन – नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरू आन्दोलनमा उत्रिएका छन् । महासङ्घले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार आज माइतीघर मण्डलामा विरोध जुलुस निकालेका हुन् ।


विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन यही हिउँदे अधिवेशनबाट जारी गर्नुपर्ने माग महासङ्घको रहेको छ । दिउसो १ बजेदेखि माइतीघर मण्डलाबाट निस्किएको जुलुस नयाँ बनेश्वर तर्फ आएको छ । अन्तमा विरोध सभाबाट आजको आन्दोलन सकिने महासङ्घले जनाएको छ ।


साथै यसपछिका आन्दोलनका कार्यक्रमहरू महासङ्घले घोषणा गर्ने जनाएको छ भने भोलिदेखि राजनीतिक दलका पार्टी कार्यालयमा पनि धर्ना बस्ने कार्यक्रम रहेको छ । नजिकिदै गरेको एसईईलाई मध्यनजर गरेर अहिलेलाई सडक आन्दोलन नगर्ने र एसईई पनि तत्कालै विद्यालय शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन गरिने महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए ।