काठमाडौं/२९ माघ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको रिक्त हुने प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले दरखास्त आह्वान गरेको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि बमोजिम योग्यता भएका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र कार्यालय समयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारको प्रशासन महाशाखामा आवेदन दिन सकिने छ ।
प्रबन्ध सञ्चालकको छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि www.moest.gov.np बाट हेर्न सकिने छ ।



