दर्शनाचार्य-विद्यावारिधि तहमा अध्ययनका लागि आवेदन खुला

काठमाडौं/२८ माघ – त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले दर्शनाचार्य-विद्यावारिधि तहमा अध्ययनका लागि आवेदन खुला गरेको छ । दर्शनाचार्य-विद्यावारिधि कार्यक्रम अन्तर्गत शैक्षिक वर्ष २०८१/०८२ का लागि आवेदन खुला गरेको हो ।


विभिन्न विषयहरुमा दर्शनाचार्य-विद्यावारिधि तहमा नयाँ भर्ना भई अध्ययन गर्न चाहने विद्यार्थीहरूका निमित्त प्रवेश परीक्षाका लागि अनलाइन आवेदन फाराम खुला गरिएको विश्वविद्यालयले जनाएको छ ।