सुमेधा ओलम्पिक डे सम्पन्न

काठमाडौँ /२२ माघ – काठमाडौँको मूलपानी बाबाचोक स्थित सुमेधा स्कुलले सुमेधा ओलम्पिक डे सम्पन्न गरेको छ । विद्यार्थीहरूले सिकेका कुरालाई उचित माहोलमा प्रस्तुत गर्ने मौका दिनुपर्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना स्कुलले जनाएको छ ।


अभिभावकको सहभागीतालाई ध्यानमा राखेर कार्यक्रम सार्वजनिक बिदाको दिनेमा राखिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा पहिचान बनाउन सफल खेलाडी मनीषा रानाभाट प्रमुख अतिथि रहेकी थिइन ।


रानाभाटले सुमेधा स्कुलले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि निकै मेहेनत गरेको बताइन । विद्यालय प्रिन्सिपल लजिता शर्माले विद्यार्थीहरूले आफूले सिकेका कुरालाई उचित माहोलमा प्रस्तुत गर्ने मौका दिनुपर्ने बताउँदै यस्ता कार्यक्रमलाई स्कुलले जोड् दिएको बताइन ।


सुमेधा स्कुल नगर कै उत्कृष्ट विद्यालय बन्ने लक्ष्य लिएर विद्यार्थी केन्द्रित पठन पाठनमा कुनै कमी नराखी आफुहरूले काम गरीरहेको विद्यालयकी अध्यक्ष प्रमीला कार्कीको भनाई थियो ।