मोरङ/२२ माघ – प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका नेता डा.सुनील शर्माले मोरङको एक स्कुललाई एक करोड पचास लाख सहयोग गर्ने घोषणा गरेका छन् । मोरङको ठकठकियास्थित श्री जनता माविलाई उक्त रकम सहयोग गर्ने घोषणा गर्दै स्कुलको नामसमेत फेर्ने प्रस्तावसहित निवेदन दिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापकले सूचना निकालेर यसबारे छलफल गर्न आजलाई भेला डाकेका छन् ।
’जनता मा. वि. रतुवामाई ९ मोरङका भूपू विद्यार्थी तथा संघिय सांसद मा. डा. सुनील शर्माले यस विद्यालयको नाम परिवर्तनसँगै भौतिक पूर्वाधार स्तरोनतीका लागि रु. एक करोड पचास लाखको सहयोग गर्ने भनी विद्यालयमा निवेदन दर्ता गराउनु भएकोले सो विषयमा यस विद्यालयको सेवाक्षेत्र भित्रका सरोकारवाला, शिक्षा प्रेमी, समाजसेवी, बुद्धिजीवी, अभिभावक सहितको भेलाबाट आवश्यक सुझाव लिनुपर्ने भएकाले आम भेलामा उपस्थित भईदिनु हुन अनुरोध छ’सूचनामा भनिएको छ ।




