काठमाडौं/२२ माघ-आजदेखि कक्षा ६ देखि १० सम्मका विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ७६८ किशोरीलाई खोप लगाईदैछ । पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन पापिलोमाभाइरस विरुद्ध एचपिभी खोप अभियानका लागि २७ हजार स्वास्थ्यकर्मी र ५४ हजार स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यो अभियानका लागि संस्थागत तथा सामुदायिक विद्यालय गरी १९ हजार र ८ हजार स्वास्थ्य संस्थामा खोप केन्द्र तोकिएको छ । हिमाली जिल्लामा फागुन ६ गतेदेखि र अन्य जिल्लाहरूमा माग २२ गते मंगलबारदेखि यो अभियान सञ्चालन गरिदैँ छ ।
विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने छन् ।
सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई खोप लगाउने लक्ष्य सकारको रहेको विभागको भनाई छ ।



