काठमाडौं/४ पुस – शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शैक्षिक सूचना व्यवस्थापन शाखाले शिक्षकको विवरण अद्यावधिक गर्ने म्याद थप गरेको छ । सबै विद्यालयहरूबाट एकै समयमा अद्यावधिक गर्दा आईईएमआईएस (IEMIS) मा भारका कारण विवरण समयमा अद्यावधिक गर्नमा कठिनाइ भएको गुनासो आएकोले म्याद थप गरेको केन्द्रले जनाएको छ ।
शिक्षकको विवरण यही पुस ४ गतेसम्म गरिसक्नका लागि अनुरोध गरिएकोमा त्यसलाई म्याद थप गरेर पुस १० सम्म विवरण अद्यावधिक गर्न भनिएको छ ।