पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि परीक्षा आवेदन फाराम भर्ने म्याद थप

काठमाडौं/२९ मंसिर – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूका लागि कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्ने म्याद थप गरेको छ । विविध कारणले फाराम भर्न छुट भएका विद्यार्थीहरूका लागि म्याद थप गरेको हो ।


कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण÷अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका ( पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डि र ई ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेडप्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन आवेदन खुला गरेको थियो ।


बोर्डले मंसिर २७ गतेभित्र रकम दाखिला गरी मिति पुस २ गतेभित्र सम्बन्धित विद्यालयमार्फत राष्ट्रिय परीक्षा बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम भरी बुझाउन सूचित गरिएकोमा उक्त समयभित्र विविध कारणले फाराम भर्न छुट भएका विद्यार्थीहरूका लागि पुस १२ गतेभित्र रकम दाखिला गरी पुस १९ गतेभित्र फाराम बुझ्ने÷बुझाउने गरी म्याद थप गरिएको छ ।