काठमाडौँ /२९ मंसिर – शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना व्यवस्थापन शाखा)ले शिक्षकको विवरण सत्यपना गर्न गराउन सबै स्थानीय तहलाई निर्देशन दिएको छ । आफ्नो स्थानीय तह भित्रका विद्यालयको शिक्षकहरुको विवरण पुस ४ गतेभित्र अद्यावधिक गर्न निर्देशन दिएको हो ।
साथै संलग्न एक्सल सिट (वर्णानुक्रमानुसार प्रदेश, जिल्ला र स्थानीय तह अनुसार) बाट आफ्नो स्थानीय तहभित्रका विद्यालयको शिक्षकको विवरण ७ दिनभित्रमा सत्यपना गरी आवश्यकतानुसार विद्यालयलाई शिक्षकको विवरण अद्यावधिक गर्नु गराउन केन्द्रले भनेको छ ।
त्यसैगरी IEMIS मा भएका सबै Information Field हरुको विवरण प्रविष्टि /अद्यावधिक गर्न सम्पूर्ण विद्यालयलाई भनिएको छ ।