काठमाडौं/१५ कार्तिक – शिक्षक सेवा आयोगले अनलाईन पोर्टल हालका लागि बन्द गरेको जनाएको छ । आयोगबाट संचालन हुने आन्तरिक प्रतियोगिता (बढुवा २५ प्रतिशत) का परीक्षाका लागि परीक्षामा आवेदन गर्ने उम्मेदवारहरुका लागि खुला गरिएको पोर्टल परिमार्जन गर्न केही दिनका लागि बन्द गरेको हो ।
साथै बन्द उक्त पोर्टल कार्तिक २१ गतेदेखि सुचारु हुने र निर्धारित परीक्षा तालिकामा कुनै परिवर्तन नहुने आयोगले जनाएको छ ।



