शिक्षक सरुवा निर्देशिका कार्यान्वयनमै छ : शिक्षा सचिव काफ्ले

काठमाडौं/११ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका शिक्षा सचिव डा.दीपक काफ्लेले शिक्षक सरुवा निर्देशिका कार्यान्वयनमा रहेको बताएका छन् । शिक्षक सरुवा निर्देशिका जारी भएपछि संवैधानिक इजलासमा छलफलका क्रममा रहेको बताउँदै त्यसलाई कुनै परिमार्जन नगरिएको र खारेज पनि नभएको बताउँदै कार्यान्वयनमै रहेको बताएका हुन् ।


काफ्लेले केही विषय वस्तुहरूलाई अझ सुधार गरेर जानुपर्छ, व्यवस्थित गर्नुपर्छ वा त्यसलाई अरू हिसाबबाट त्यसको विश्लेषण गर्नुपर्छ भन्ने आएका प्रश्नहरूलाई र सुझाबहरूलाई मन्त्रालयले राखेको उल्लेख गर्दै संवैधानिक इजलासमा विचाराधीन भएकोले यसबारेमा थप निर्णयहरू नभएको बताए ।


उनले भने ‘शिक्षक सरुवा व्यवस्थापन गर्न निर्देशिका जारी भएको थियो । निर्देशिका जारी भएपछि त्यसको कार्यान्वयनका फेजमा रहेकै छ । त्यो विषयमा प्रश्न उठिसकेपछि संवैधानिक इजलासमा छलफलको क्रममा रहेको हुनाले त्यसलाई कुनै परिमार्जन गर्ने, रिभिजन गर्ने गरेका छैनौँ । खारेज पनि भएको छैन, कार्यान्वयनमै छ, त्यसको परिपालना गरिराख्नु भएको छ । केही विषय वस्तुहरूलाई अलिकति अझ सुधार गरेर जानुपर्छ अथवा अझ व्यवस्थित गरेर जानु पर्छ वा त्यसलाई अरू हिसाबबाट त्यसको विश्लेषण गर्नुपर्छ भन्ने आएका प्रश्नहरूलाई र सुझाबहरूलाई हामीले राखेकै छौँ । अहिले संवैधानिक इजलासमा विचाराधीन भएकोले यसबारेमा थप निर्णयहरू नभएको जानकारी गराउँदछु ।’


हेर्नुहोस भिडियोमा