युनिग्लोब कलेज द्वारा सेन्टर अफ करियर सर्भिसेजको सुरुवात

काठमाडौं/८ असोज – युनिग्लोब कलेजमा पढ्ने विद्यार्थीहरूलाई शिक्षासँगै सिप र रोजगारसँग जोड्ने उदेश्यले सेन्टर अफ करियर सर्भिसेजको सरुवात गरेको छ । विद्यार्थीले पढ्दा पढ्दै उद्यमी बन्नका लागि वा जागिर गर्नका लागि कसरी गर्ने, कुन क्षेत्रमा गर्ने भन्ने विषयमा यसले सहजिकरणको भूमिका खेल्ने कलेजको भनाई छ ।


त्यसैगरी २०१५ देखि सञ्चालन गरिरहेको युनिग्लोब आन्टरप्रेनरसिप सेन्टरले उद्यमशीलता विकासमा काम गरिरहेको र यो वर्ष विद्यार्थीहरूलाई सिप विकास गर्न र भविष्य निर्माणका लागि स्किल ल्याबसँग सहकार्यका लागि सम्झौता गरेको छ ।


सम्झौता अनुसार विद्यार्थी आफैले कति सिक्यो र उसलाई कति सिपको खाँचो छ भन्ने कुरालाई हेरेर विद्यार्थीलाई सहजिकरण गरिने, विद्यार्थीको भविष्य निर्माणमा कुन क्षेत्रमा जाने, उद्यमी बन्ने की जागिर गर्ने, भविष्यको गन्तव्य आफै निर्धारण गर्नसक्ने लगायतका विषयमा उनीहरूलाई सिकाईनुका साथै गाईडलाइन्स गरिने छ ।


कलेजका प्रिन्सिपल डा. नरबहादुर बिष्टले कलेजले विगतका वर्षहरूदेखि उद्यमशील विद्यार्थीहरू उत्पादन गरिरहेको बताउँदै स्किल ल्याबले विद्यार्थीहरुलाई आइडिया निर्माणमा सहजिकरण गर्ने उदेश्यले सहकार्य गरिएको बताए । त्यसैगरी विद्यार्थीको सिप विकास गर्न, तालिमहरू प्रदान गर्न, वर्कसप सञ्चालन गर्न र बजारको आवश्यकता अनुसार विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्ने मुख्य उदेश्यले सेन्टर अफ करियर सर्भिसेजको सुरुवात गरिएको बताए ।