काठमाडौं/८ असोज – शिक्षक सेवा आयोग तयारी शिक्षकको बढुवा सम्बन्धी विषयगत प्रश्नोत्तरहरु (अडियो भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ शिर्षक : कक्षाकोठा व्यवस्थापन तथा शैक्षणिक योजना
विषयगत प्रश्नोत्तरहरु
तलका सबै प्रश्नहरु हल गर्नुहोस् ।
६. शैक्षणिक योजना भन्नाले के बुझिन्छ ? वार्षिक कार्यतालिका र पाठयोजनाको महत्व लेख्नुहोस् ? शिक्षकले वार्षिक तथा दैनिक पाठयोजना बनाउँदा ध्यान दिनुपर्ने मुख्य पक्षहरू के के हुन् ?
७. कक्षाकोठाको सजावट, बुक कर्नर र पुस्तकालय व्यवस्थापनले विद्यार्थीहरूको सिकाइमा कस्तो प्रभाव पार्न सक्छ ? प्रभावकारी प्रयोगका लागि के गर्नु उपयुक्त हुन्छ ?
८. कक्षाकोठामा सिकाइ व्यवस्थापन भनेको के हो ? कक्षाकोठामा सिकाइ व्यवस्थापन कसरी गर्दा उपयोगी हुन्छ ? बाल क्लब, कक्षा नेता र कक्षा नियमहरूको निर्माणमा विद्यार्थीको सक्रिय सहभागिताको महत्व के रहेको हुन्छ ?
९. कक्षामा शिक्षकले भिन्न भाषिक, सामाजिक र शारीरिक क्षमता भएका विद्यार्थीहरूलाई सिकाइमा समावेश गर्न कस्ता उपायहरु अवलम्बन गर्न सक्छन् ? सिकाइलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न कस्ता उपायहरू अपनाउन सक्छन् ?
१०. शैक्षणिक योजनामा नवप्रवर्तनको भूमिका के हुन्छ ? नयाँ प्रविधिहरू र विधिहरू प्रयोग गरेर पाठ्यक्रम योजना प्रभावकारी बनाउन कस्ता कुरामा ध्यान दिनुपर्छ ?



