काठमाडौँ /१० साउन- हिलसाइड कलेज अफ इन्जिनियरिङ कोटेश्वर, काठमाडौँले नलेज ट्रान्सफर गर्ने उद्देश्यले “हिलसाइड टेक टक“ सेरिज कार्यक्रम सम्पन्न गरेको छ ।
पूर्वाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ संकायका डीन प्रा. देवी प्रसाद भट्टराईको विशेष उपस्थितिमा कन्ष्ट्रक्सन क्षेत्रका वीरेन्द्र पाण्डे र इनर्जी डेभलपमेन्ट इण्टरपेन्युअर कुबेर मणि नेपाल मुख्य वक्तााको रूपमा रहनुभएका थिए ।
कार्यक्रममा एमएस्सी कन्स्ट्रक्सन मयानेजमेण्ट र इलेक्ट्रिक पावर इन्जिनियरिङ अध्ययनरत ४० जना विद्यार्थीहरू र कोअर्डिनेटर प्रमोदकृष्ण कर्माचार्य, डा. सुजन अधिकारी, कलेजका एमडी गोपीकृष्ण न्यौपाने, अध्यक्ष जनार्दन नेपाल तथा कर्मचारीहरू सहित प्रबुद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो ।



