यो वर्षको एसईई वार्षिक कार्यतालिका सार्वजनिक (तालिका सहित)

काठमाडौँ /६ असार – राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले सार्वजनिक गरेको हो ।


सार्वजनिक गरिएको कार्यतालिका अनुसार २०८१ वार्षिक परीक्षा सञ्चालन (एसईई) चैत ७ गतेदेखि हुने जनाएको छ । बोर्डले पहिलो पटक मितिसहितको तालिका सार्वजनिक गरेको हो ।


त्यसैगरी परीक्षाको नतिजा २०८२ असार ६ गतेभित्र सार्वजनिक गर्ने भएको छ । साथै पुरक परीक्षा साउन १९ र २० गते सञ्चालन गर्ने र भदौं २० गते भित्र सार्वजनिक गरिने जनाएको छ ।

यहाँबाट हेर्नुहोस तालिका