नेपालको शिक्षा प्रणाली समावेशी शिक्षा विपरीत : डा. लुइँटेल

काठमाडौँ /६ जेठ – कक्षा कोठामा आवश्यक शिक्षक नभएको र भएपनि सारै थोरै भएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा. डा. बालचन्द्र लुइँटेलले बताएका छन् । नेपालको शिक्षा प्रणाली समावेशी शिक्षा विपरीत भएको र यसमा चाहिने जनशक्ति नहुनुका साथै एक्टिभेस्ट भएपनि कक्षा कोठाका लागि चाहिने शिक्षक नभएको बताएका हुन् ।


काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले आज आयोजना गरेको “ब्रिजिङ द ग्याप टुवर्स इन्क्लुसिव एजुकेशन” सम्बन्धी कन्क्लेभमा बोल्दै यस सम्बन्धी शिक्षक थोरै भएपनि सानातिना तालिमले काम चलाएको र यस बारेमा खोजी हुन नसकेको बताए ।


नेपाल सरकारले समावेशी शिक्षामा काम नै गर्न नसक्नुका साथै यसबारेमा योजना नै नबनाएको उनको भनाई थियो । सरकारले मुस्किलले दुई तिन वटा कार्यक्रममा यसलाई समावेश गराएपनि परीक्षामा फेल हुनेलाई कसरी समावेशी पेडागोजीको माध्यमबाट गर्ने भन्ने मात्रै भएको विचार व्यक्त गरे ।


उनले भने पछिल्लो समय समावेशी शिक्षा नेपालको नीति र संस्कृतिमा छैन । नीतिमा लेखेका छौँ होला, तर व्यवहारमा छैन । यस विषयमा ठुलो समस्या छ । यस समस्यामा सबै भन्दा पहिला एसिस्मेन्ट कसरी गर्ने, केलाई राम्रो भन्ने ? केलाई सिकाई प्रक्रिया भन्ने ? त्यो कुरामा सम्बोधन नगरी अरू कुरा हुन्छ जस्तो लाग्दैन ।


पछिल्लो समयमा अटिजम, घाइते भएका, विभिन्न प्रकोप तथा विभिन्न कारणले विकलाङ्ग भएका बालबालिकाको सङ्ख्या बढ्दै जानुका साथै औषधिको जताततै धेरै प्रयोग भएपछि नेपालमा झन ठुलो समस्या हुँदै गएको बताए ।


उनले यस्तो अवस्थामा समावेशी शिक्षालाई सम्बोधन गर्नुपर्ने र काठमाडौँ विश्वविद्यालयले यस सम्बन्धी केही कामहरूको सुरुवात गरेको जानकारी दिए । पहिला ६ महिने डिप्लोमा कोर्सबाट पढाउन सुरु गरेपनि अहिले आएर अटिजमलाई केन्द्रीत गरेर पोस्ट ग्य्राजुएट डिप्लोमा कार्यक्रम सञ्चालन गरेको बताए । साथै समावेशी शिक्षाका बारेमा मास्टर्समा पनि पढाउने तयारी थालिएको र आगामी दिनमा व्यचलर्समा पनि लैजाने योजना रहेको जानकारी दिए ।