अत्यधिक गर्मी बढेपछि जेठ २४ गतेसम्म धनगढीका विद्यालय बन्द

धनगढी/१७ जेठ – अत्यधिक गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जेठ १८ देखि २४ गतेसम्म विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।


उपमहानगरपालिकाले एक सूचना जारी धनगढीमा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिन सम्पूर्ण विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको उपमहानगरपालिका प्रमुख गोपाल हमालले जानकारी दिए ।


धनगढीको तापक्रम ४३ डिग्री सेल्सियससम्म पुगेको छ ।