शिक्षक सरुवा निर्देशिका सार्वजनिक (हेर्नुहोस निर्देशिका)

काठमाडौँ /१४ जेठ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सरुवा निर्देशिका सार्वजनिक गरेको छ । शिक्षक सरुवाका सवालमा विभिन्न किसिमका गुनासो आएपछि शिक्षक सरुवाको नयाँ निर्देशिका बनाइएको हो ।


मापदण्ड सार्वजनिकसँगै स्थगित गरिएको जिल्लान्तर शिक्षक सरुवा खुला गरिएको मन्त्रालयले जानकारी दिएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको निर्देशनमा शिक्षक सरुवा व्यवस्थीत र पारदर्शि बनाउन साथै शिक्षक विद्यार्थीको अनुपात् मिलाउनका लागि शिक्षक सरुवाको नयाँ मापदण्ड बनाइएको छ । मापदण्ड बनाउनका लागि मन्त्री श्रेष्ठले प्रधानाध्यापक, शिक्षक तथा अन्य सरोकारवालाहरूसँग छलफल गरेकी थिइन ।


शिक्षक सरुवा पारदर्शी, सहज र व्यवस्थित हुनुपर्ने, जिल्लान्तर सरुवा बाह्रै महिना हुने व्यवस्थालाई शैक्षिक सत्रसँग मिलान हुनेगरी वर्षको एक पटक मात्र हुनुपर्ने, शिक्षक पदपूर्तिका लागि दरबन्दी लुकाएर विज्ञापनमा नपठाउनेलाई कारबाहीको प्रावधान, शिक्षकलाई पायक पर्ने र स्वार्थको द्वन्द्व नहुने ठाउँमा सरुवा गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।


हेर्नुहोस शिक्षक सरुवाको मापदण्ड