राजनीतिक दलमा लागेका शिक्षकको कारवाही प्रक्रियाको विवरण पठाउन निर्देशन

काठमाडौँ /३ जेठ – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षक/कर्मचारीलाई कारवाहीको सवालमा विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सबै शिक्षा विकास तथा समन्वय इकाइलाई १५ दिनभित्र विवरण उपलब्ध गराउन निर्देशन दिएको हो


राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम कारवाही प्रक्रिया बारे विवरण पठाउन भनिएको छ ।


साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरु छन् र ती मध्ये कति शिक्षकहरुलाई पदाधिकार रहेको विद्यालयमा फिर्ता गर्ने व्यवस्था गरियो भन्ने बारे जानकारी पठाउन केन्द्रले परिपत्र जारी गरेको छ ।


इकाइहरुलाई १५ (पन्ध्र) दिनभित्र सम्पुर्ण विवरण केन्द्रमा उपलब्ध गराउनुपर्ने पत्रमा उल्लेख छ ।

हेर्नुहोस पत्र