काठमाडौँ /३ जेठ – हब इन्टरनेशनल एजुकेशनले हात्तीसर स्थित आफ्नै कम्प्लेक्समा जेठ ५ गते ग्राण्ड मल्टी डेस्टिनेसन एजुकेशन फेयर २०२४ आयोजना गर्ने भएको छ । उच्च शिक्षाका लागि विदेश अध्ययनमा जाने विद्यार्थीहरूलाई उत्कृष्ट शैक्षिक परामर्श दिने उदेश्यले मेलाको आयोजना गरेको हो ।
यूके, आयरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, न्युजिल्याण्ड, भारत र दुबई लगायत ८ भन्दा बढी देशका ३० भन्दा बढी युनिभर्सिटी र इन्स्टिच्युटका प्रतिनिधिहरू मार्फत विद्यार्थीहरूले एकै ठाउँमा जानकारी पाउन सक्ने छन् ।
यसबाहेक, विद्यार्थीहरूले छात्रवृत्ति अवसर र अन्य विभिन्न सुविधाहरूको बारेमा जानकारी प्राप्त गर्ने मौका पाउनेछन् । ग्रान्ड मल्टि डेस्टिनेसन एजुकेशन फेयर २०२४ मा भाग्यशाली विजेताहरूले स्मार्टफोन, फूड भौचर, चलचित्र टिकटहरू र अन्य धेरै रोमाञ्चक उपहारहरू प्राप्त गर्न सक्ने हबले जनाएको छ ।
साथै सहभागीहरूले उच्च शिक्षाको मार्ग कोर्दै रोमाञ्चक खेल र गतिविधिहरूमा समेत भाग लिई प्रशस्त उपहारहरू हात पार्न सक्नेछन् ।



