काठमाडौँ /३१ बैशाख – यसभित्र शिक्षक सेवा आयोग तयारीको लगायत विभिन्न परीक्षा तयारी गरिरहेका व्यक्तिहरूका लागि शिक्षा मनोविज्ञान सम्बन्धी जानकारी भिडियोमा उपलब्ध गराइएको छ । यो सामाग्री शिक्षा मनोविज्ञान सम्बन्धी विषयवस्तुलाई आधार मानेर तयार गरिएको हो ।
प्रस्तुत सामग्री शिक्षा मनोविज्ञानका बारेमा अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरूमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् ।
यस सामग्रीमा शिक्षा मनोविज्ञान अन्तर्गत शिक्षा मनोविज्ञानको अर्थ, अवधारणा, आवश्यकता र महत्व, मानव र विकासको अवधारणा, चरण र विशेषता, उत्तर बाल्यावस्थाका विशेषता, उत्तर बाल्यावस्थामा देखापर्ने परिवर्तनहरू, (शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक परिवर्तन) रुचिहरू र उत्तर बाल्यावस्थाका विद्यार्थीहरूको सामाजिकीकरणमा शिक्षक र अभिभावकको भूमिकाका बारेमा अडियो र भिडियोका रूपमा प्रस्तुत गरिएको छ ।



