काठमाडौँ /१ जेठ – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, छात्रवृत्ति शाखाले काठमाण्डौँ विएस्सी फरेष्ट्री विषयको छात्रवृत्तिमा निःशुल्क अध्ययनका लागि दरखास्त माग गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाण्डौं फरेष्ट्री कलेजमा शैक्षिक वर्ष २०८०–०८५ सालको लागि छात्रवृत्तिमा दरखास्त माग गरेको हो ।
विएस्सी फरेष्ट्री विषयमा छात्रवृत्तिमा अध्ययनका लागि ५ जना विद्यार्थीहरु साधारण तथा समूहगत रूपमा सिफारिस तथा मनोनयन गर्नुपर्ने भएकाले छात्रवृत्ति सम्बन्धी नियमावली २०६० (संशोधन सहित) अनुसार योग्यताक्रम कायम एवम् मनोनयन गर्न आवेदन मागेको मन्त्रालयले जनाएको छ ।
दरखास्तका लागि आवश्यक न्यूनतम योग्यता पुगेका व्यक्तिहरुले जेठ १ गतेदेखि १० गतेसम्म शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखामा दरखास्त दिन सक्ने छन् ।