गाउँपालिकाको भवन उद्घाटनमा प्रधानमन्त्री जाने भएपछि विद्यालय बन्द हुने

काठमाडौँ /२६ बैशाख – गाउँपालिकाको भवन उद्घाटनमा प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) जाने भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । सल्यानको दार्मा गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटनमा प्रधानमन्त्री जाने भएपछि बैशाख २८ गते विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।


सूचनामा भनिएको छ “बैशाख २८ गते गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड“ द्वारा हुने उपलक्ष्यमा उक्त दिन दार्मा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय र मातहतका निकायहरू तथा विद्यालयहरूमा सार्वजनिक विदा दिने“ दार्मा गाउँ कार्यपालिकाबाट मिति २०८९/०१/२२ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”