काठमाडौँ /२५ बैशाख – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रम सूची प्रकाशित गरेको छ । शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम २४ को उपनियम अन्तरगतको व्यवस्थाका प्रयोजनका निमित्त प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको योग्यताक्रम अनुसारको सूची प्रकाशित गरेको हो ।
साथै करारमा शिक्षक नियुक्ति गर्ने प्रयोजनका लागि प्रकाशित सूची आयोगबाट यसै तहमा पुनः विज्ञापन भई उम्मेदवार सिफारिश भएपछि स्वतः रद्द हुने जनाएको छ ।



