कक्षा १२ को परीक्षा : केन्द्राध्यक्ष बाहेक अन्यले मोबाइल बोके कारबाही हुने

काठमाडौं/१७ बैशाख – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षामा परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैले मोबाइल बोकेको भेटिए कारबाही गरिने जनाएको छ । परीक्षा केन्द्रमा मोबाइल लैजान पूर्णतः निषेध गरिएको र विभिन्न तहबाट हुने अनुगमनका क्रममा परीक्षाको मर्यादा विपरीत कसैले मोबाइल साथमा राखेको वा प्रयोग गरेको पाइएमा नियमानुसार कारबाही हुने जनाएको हो ।


साथै राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन भईरहेको कक्षा १२ को वार्षिक परीक्षालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलमा केन्द्राध्यक्ष बाहेक अन्य कसैलाई पनि मोबाइल लैजान पूर्णतः निषेध गरिएको छ ।


केही परीक्षा केन्द्रहरूमा मोबाइलको अनधिकृत प्रयोग भएको पाइएकोले परीक्षार्थीहरू समेतको मोबाइल जफत गरी कारबाही गरिएको ब्यहोरा बोर्डले जानकारी दिएको छ ।