सप्तरी/१७ बैशाख – नेपाल शिक्षक सङ्घ मधेश प्रदेश कार्य समितिले पूर्वाग्रही तथा राजनीति प्रतिशोध राखेर सरुवा गरेको भन्दै विरोध गरेको छ । दरबन्दी मिलान कार्यविधि विपरीत सरुवाको नाममा शिक्षकहरूको अपमान गरिएको उनिहरूको दाबी छ ।
मधेश प्रदेश अर्न्तगतका सप्तरीको खडक नगरपालिका र डाकनेश्वरी नगरपालिकाले शिक्षा तथा मानव स्रोत केन्द्रको दरबन्दी मिलान कार्यविधि विपरीत सरुवाको नाममा शिक्षकहरूको अपमान गर्दै, पूर्वाग्रही तथा राजनीति प्रतिशोध राखेर शिक्षकहरूको सरुवा गरेको भन्दै नेपाल शिक्षक संघ मधेश प्रदेशले विरोध गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै शिक्षकको आत्म सम्मानमा चोट पुग्ने गरी गरिएको निन्दनीय कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साथै उक्त कार्यलाई अविलम्ब सच्याउन स्थानीय तहसँग माग गर्दै नसच्याए आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएको छ ।