काठमाडौँ/१६ बैशाख – शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा सम्बन्धी गतिविधि प्रकाशन गरेको छ । विभिन्न समयमा जारी भएका सूचनाहरुको बारेमा जानकारी दिनका लागि विद्यालय शिक्षा सम्बन्धी गतिविधि पूर्णङ्क २८६ प्रकाशन गरेको हो ।
केन्द्रले विपन्न लक्षित छात्रवृत्ति सम्बन्धी विवरण अद्याविधिक गर्न, विद्यालय सामाजिक परीक्षण मापदण्ड गराउन, पाठ्यक्रम तथा पाठ्यसामग्री प्रयोग गर्न र विद्यालयको भोतिक पूर्वाधार, विद्यालय नक्सांकन गरी एकिकृत शैक्षिक सूचनामा व्यवस्थापन प्रणालीमा प्रविष्टि गर्न सूचनामा उल्लेख गरेको छ ।