शिक्षक माथि स्थानीय सरकारले गरेको हस्तक्षेपले शिक्षक आतङ्कित बने

काठमाडौँ /१५ बैशाख- शिक्षकहरू माथि स्थानीय सरकारले गरेको अनावश्यक हस्तक्षेप र प्रतिशोध शिक्षाकर्मीहरू आतङ्कित बनेको शिक्षकहरूले बताएका छन् । अन्तर्राष्ट्रिय शिक्षक महासङ्घका सदस्य, संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु), नेपाल राष्ट्रिय शिक्षक संगठन र नेपाल शिक्षक संघले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा शिक्षकहरूले यस्तो बताएका हुन् ।


शिक्षकहरू माथि पेसागत ज्यादती भइरहेका र सबै पक्षहरूले अनदेखा गरेको उनिहरूको भनाई छ । शिक्षकहरू इमान्दारी पूर्वक काम गरिरहेको र परिस्थिति परिवर्तन गर्न सक्ने भन्दै “जीर्ण र रुग्ण अवस्थाका भौतिक संरचनाहरूले शिक्षामा गुणस्तर नदिने बताए ।


साथै शिक्षकहरूलाई पेशामा टिकाई राख्न उनिहरूका पेसागत सवालहरू सम्बोधन गरिनुपर्ने विभिन्न गतिविधिले उनिहरूलाई आतङ्कित गराईनु नहुने र नयाँ जनशक्तिलाई शिक्षण पेशा प्रति आकर्षित गरिनुपर्ने माग राखेका छन् ।


नेपालमा खडा गरिएका १७ थरिका शिक्षकहरूको तहगत विभाजन तथा विनियोजित जम्मा १० प्रतिशत बजेट र त्यसमा पनि खर्च हुन नसकेको २१ प्रतिशत बजेटले सरकार सार्वजनिक शिक्षामा गम्भीर भएर नलागेको उनिहरूको आरोप छ ।


त्यसैगरी निजी विद्यालयमा कार्यरत शिक्षकहरूको अवस्था सरकारी निकायको निवेश र जिम्मेवारी शून्य प्राय रहेको र उनिहरू प्रतिको पेसागत ज्यादती सबै पक्षहरूले अनदेखा गरेका बताएका छन् ।

शिक्षकहरूले खोजेको राजनीतिक अधिकारसहितको ट्रेड युनियन हो, यो कुरा शिक्षा मन्त्रीले बुझ्नु पर्‍यो : विष्णु भण्डारी, अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन ।