शिक्षक सेवा आयोगको प्राथमिक तहको विज्ञापन खुल्यो (यहाँबाट दिनुहोस आवेदन)

काठमाडौँ /१५ बैशाख – शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन खुला गरेको छ । आयोगको बैशाख १४ गतेको निर्णयानुसार सामुदायिक विद्यालयको प्राथमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्नुका लागि विज्ञापन खुला गरेको हो ।


न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट बैशाख १५ गतेदेखि अनलाइन दरखास्त प्रणाली बाट दरखास्त पेस गर्नु सकिने आयोगले जनाएको छ । उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://online.tsc.gov.np मार्फत सम्पूर्ण विवरण भरी दरखास्त दिनुपर्नेछ ।


विज्ञापनको विस्तृत विवरण यहाँबाट हेर्न सकिने छ ।