त्रिविद्धारा प्राध्यापकका लागि आवेदन माग

काठमाडौँ /१ बैशाख – त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक पदको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । अन्तर्गत कानून संकायका लागि कानून विषयको प्राध्यापक पद आन्तरिक तथा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्ने भएकोले दरखास्त आह्वान गरेको हो ।


विश्वविद्यालयले कानून विषयमा आन्तरिक प्रतियोगिता मार्फत पदपूर्तिका लागि ७ जना र खुल्ला मार्फत २ जना गरी ९ जना प्राध्यापक माग गरेको छ ।


न्युनतम योग्यता पुरा गरेका इच्छुक नेपाली नागरिकहरूबाट २०८१ बैशाख १ गते देखि जेठ ४ गते बजेसम्म दरखास्त बुझाउनु पर्ने छ । साथै दोब्बर दस्तुर तिरेर जेठ ११ गतेसम्म दरखास्त बुझाउन सकिने जनाएको छ । म्याद नाघी प्राप्त हुन आएका र रित नपुगेका दरखास्त उपर कुनै कारवाही हुने समेत भनिएको छ ।


त्रिवि सेवा आयोगको वेवसाइट www.tusc.tu.edu.np मा अंकित अनलाइन एप्लिकेशन मार्फत अनलाइन दरखास्त दिन सकिन्छ ।


न्यूनतम योग्यता


१. खुल्ला प्रतियोगिताका लागि उमेरको हद ५० वर्ष ननाघेको हुनु पर्नेछ ।


२. आन्तरिक तथा खुल्ला प्रतियोगिताको लागि आवश्यक न्यूनतम योग्यता त्रि.वि. शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम, २०५० (२०८०/३/१२ गतेसम्मको संशोधन सहित) र “त्रि.वि. शिक्षक नियुक्तिको सिफारिस सम्बन्धी विनियम, २०७५ (२०७७ माघ ४ गते सम्मको संशोधन सहित)“ मा तोकिए बमोजिम हुनेछ । उल्लेखित नियम तथा विनियम आयोगको वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।


३. आवेदन दस्तुर रु. ३,५००/– (तीन हजार पाँच सय) नेपाल बैंक लिमिटेडको खाता नं. ०४५००१००१०२७६२०००००१ मा जम्मा गरी सो को भौचर आवेदन फारामका साथ अपलोड गर्नु पर्नेछ ।


४. विस्तृत विवरण सेवा आयोगको वेवसाईटमा राखिएको छ । थप जानकारीका लागि त्रि.वि. सेवा आयोगको कार्यालय, कीर्तिपुरमा सम्पर्क गर्न सकिनेछ ।