काठमाडौं/३० चैत – त्रिभुवन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसी र रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल नियक्ति गरेका छन् ।
शिक्षामन्त्री तथा विश्वविद्यालयका सहकुलपति शिक्षामन्त्री सुमना श्रेष्ठ र उपकुलपति प्रा.डा. केशरजंग बरालले दुई हप्ता अघि नियुक्तिका लागि सिफारिस गरेका केसी र रिजाल नियक्ति गरेका हुन् ।