सुर्खेत/२५ चैत – शिक्षक सेवा आयोगले कार्य सम्पादन मूल्याङ्कनका आधारमा शिक्षक बढुवा गरेको छ । आयोगको बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, कर्णाली प्रदेश, सुर्खेतको निर्णयानुसार बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्येबाट सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकको बढुवा गरिएको हो ।
कार्य सम्पादन मूल्याङ्कनका आधारमा गरिने ७५% शिक्षक बढुवाका लागि निवेदन दिएका उम्मेदवारहरूमध्ये शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्णाली प्रदेश अन्तर्गतका विभिन्न जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसारका उम्मेदवारहरूको बढुवा नामावली सार्वजनिक गरेको जनाएको छ । शिक्षक सेवा
बढुवा सिफारिस सम्बन्धी विस्तृत विवरण शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशको वेबसाइट https://edd.karnali.gov.np , शिक्षक सेवा आयोगको वेबसाइट https://tsc.gov.np बाट हेर्न सकिने छ ।