काठमाडौँ /२५ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शैक्षिक परामर्श संस्थाहरूको समस्या विकराल रहेको बताएकी छन् । २०७४ सालेदेखि नविकरण विना सञ्चालनमा रहेका कारण विकराल रहेको उनको भनाइ थियो ।
शैक्षिक परामर्श क्षेत्रका बारेमा खबर एजुकेशनले सोधेको प्रश्नमा यो क्षेत्रमा समस्या विकराल रहेको बताउँदै शैक्षिक परामर्श संस्थाहरूलाई शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, हुन्डी हेर्ने निकाय लगायत धेरै बाट हेर्नुपर्ने बताइन ।
यसका लागि क्रस मन्त्रालयको टिम बनाएर अगाडी बढ्ने योजना बनाएको उनले बताइन । उनले भनिन “यो क्षेत्रलाई शिक्षाले मात्र हेरेर पुग्दैन । किन भने रकम विदेश पनि पठाइरहेका छन् । त्यो कतैबाट सटही गरेर हुन्डी पनि गरेका होलान । त्यसकारण यो क्षेत्रमा निकै विकराल समस्या छ ।”



