निमावि तह शिक्षक पदमा लिने परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने (यहाँबाट गर्नुहोस प्रिन्ट)

काठमाडौं/२२ चैत–शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सक्ने जनाएको छ ।


शिक्षक सेवा आयोगबाट २०८० फागुन २ गते प्रकाशित तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन बमोजिम दरखास्त फाराम भर्ने व्यक्तिले आयोगको आधिकारीक अनलाइन दरखास्त प्रणालीबाट प्रवेश पत्र प्रिन्ट गर्न सक्ने छन् ।


दरखास्त फाराम भर्दा रजिष्टर्ड गरिएको इमेल आइडी र पासवर्डबाट लगइन गरी प्रवेश पत्र प्रिन्ट गर्न सकिने आयोगले सूचनामा उल्लेख गरिएको छ । साथै प्रवेशपत्रको प्रतिलिपि दिने व्यावस्था नभएकोले प्रवेश पत्र सुरक्षित साथ राख्न आग्रह गरेको छ ।


यहाँबाट गर्नुहोस प्रिन्ट :