पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह आगामी बैशाख १४ गते हुने

काठमाडौँ /२१ चैत-पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह आगामी बैशाख १४ गते हुने भएको छ । २०८१ बैशाख १४ गते विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि हुने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।


“पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोह सम्बन्धी प्रकाशित सूचना अनुसार १२ औँ दीक्षान्त समारोह हुने निश्चित भएकोले दीक्षितहुन आवेदन फाराम भरेका विभिन्न संकाय अन्तर्गतका एम.फिल., स्नातकोत्तर एवम् स्नातक तहका विद्यार्थीहरूलाई जानकारी गराइन्छ” सूचना भनिएको छ ।