विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्डको मस्यौदा सार्वजनिक

काठमाडौँ /२२ चैत – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय स्थापना तथा सञ्चालन सम्बन्धी मापदण्ड, २०८० को मस्यौदा सार्वजनिक गरेको छ । राय तथा सुझाब उपलब्ध गराइदिनका लागि आग्रह गर्दै सार्वजनिक गरेको हो ।


विद्यालय शिक्षामा समतामूलक पहुँच तथा गुणस्तर कायम गरी विद्यार्थीको सिकाई उपलब्धी अभिवृद्धि गर्न विद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा आधारभुत विषयमा एकरुपता र स्तरीयता कायम गर्नका लागि मस्यौदा तयार पारिएको जनाइएको छ ।


साथै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को दफा ४१ ले दिएको अधिकार प्रयोग गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड बनाएको जानकारी दिँदै १५ दिन भित्र सुझाब उपलब्ध गराइदिन शिक्षा प्रेमी, शिक्षक, कर्मचारी, विद्यार्थी, स्थानीय तह तथा शिक्षासँग सरोकार राख्ने सबैलाई आग्रह गरेको छ ।


मस्यौदामा विद्यालयको नक्साङ्कन गर्नुपर्ने उल्लेख गर्दै स्थानीय तहले विद्यालय स्थापना, सञ्चालन, सार्ने, गाभ्ने तथा सेवा क्षेत्र तोक्न विद्यालयको नक्साङ्कन गर्नुपर्ने व्यवस्था गरिएको छ ।


जनसंख्या, विद्यालय बाहिर रहेका विद्यालय जाने उमेर समूहका बालबालिका तथा विद्यार्थी संख्या, भौगोलिक अवस्थित तथा घर विद्यालयको दूरी, सामाजिक साँस्कृतिक परिवेश, भौतिक पूर्वाधार तथा उपलब्ध जग्गा र स्थानीय तहले आवश्यक देखेका अन्य विषयका आधारका नक्साङ्कन गर्नुपर्ने छ ।


हेर्नुहोस मापदण्ड मस्यौदा :