पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न प्रस्तुतीकरणका लागि नामावली सार्वजनिक

काठमाडौँ /१८ चैत – पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले प्रस्तुतीकरणका लागि नाम छनोट गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि यस अगाडि दरखास्त दर्ता गरेका उम्मेदवारहरू मध्येबाट दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको प्रस्तुतीकरणका लागि नाम छनोट गरेको हो ।


सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयमा चैत २७ गतेदेखि २९ गतेसम्म हुने जनाएको छ ।


श्री शुभ नारायण पाठक, श्री अनिल कुमार पोखेल, श्री जीवन कुमार ढकाल, श्री अशोक कुमार झा, श्री गुरू प्रसाद खनाल र श्री प्रमोद कुमार झाको सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण चैत २७ गते बिहान ११ बजेदेखि राखिएको छ ।


श्री बिजु कुमार थपलिया, श्री विनोद पराजुली, श्री देवी प्रसाद भट्टराई, श्री राजनारायण यादव, श्री नरेन्द्र कटुवाल र श्री उमेश कोइरालाको सोच पत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण चैत २८ गते बिहान ११ बजेदेखि राखिएको छ ।


श्री संजेश प्रसाद कोइराला, श्री राज कुमार पोखेल, श्री रेशम बहादुर थापा, श्री रमेश प्रसाद भट्टराई र श्री महेश राज दाहाल ैत २८ गते बिहान ११ बजेदेखि राखिएको छ ।