काठमाडौँ /१६ चैत – त्रिभुवन विश्वविद्यालयले बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु अंग्रेजी र नेपाली दुबै भाषामा तयार गर्ने निर्णय गरेको छ । विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको चैत १५ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
“त्रिभुवन विश्वविद्यालयबाट लिइने बार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायहरुको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुबै भाषामा आगामी प्रथम बर्षको परीक्षा देखिनै अनिवार्य रुपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो बर्षमा समेत लागुगर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ” सूचनामा भनिएको छ ।