डिप्लोमा तह नियमित, आंशिकको परीक्षा तालिका सार्वजनिक

काठमाडौँ /९ चैत – प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको नियमित/आंशिक परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्ष प्रथम खण्डको नियमित/आंशिक परीक्षाहरूको परीक्षा तालिका सार्वजनिक गरेको हो ।


परिषद्ले आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षालयहरूमा डिप्लोमा इन इन्जिनियरिङ, फुड एन्ड डेरी टेक्नोलोजी, सूचना प्रविधि, होटल म्यानेजमेन्ट र सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि ( बाली विज्ञान र पशु विज्ञान) कार्यक्रमहरूको परीक्षाहरू चैत २९ गते बिहान ७ः०० बजेदेखि सञ्चालन हुने जनाएको छ ।


साथै प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम (दलित, मुस्लिम, लोपोन्मुख जाति तथा प्राविधिक शिक्षाको पहुँच नपुगेका पालिका) अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङतर्फ अध्ययन गरेका विभिन्न कार्यक्रमहरूको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो वर्ष प्रथम खण्डको नियमित ÷ आंशिक र डिप्लोमा इन मेडिसिनल एन्ड एरोमेटिक प्लान्ट्स प्रथम वर्ष नियमित परीक्षा समेत सोही तालिकामा उल्लिखित मिति र समयमा सञ्चालन हुने जनाएको छ ।


परीक्षा तालिकाको विस्तृत सूचना www.ctevtexam.org.np हेर्न सकिन्छ ।