एकै दिनमा २ हजार ८९ ले लिए एनओसी

काठमाडौँ /४ चैत – विदेश अध्ययनमा जाने विद्यार्थीहरूलाई आइतवार मात्रै २ हजार ८९ को सङ्ख्यामा एनओसी वितरण गरिएको छ । गत बुधवारसम्म ८ हजार १ सय ८४ आवेदनहरू मध्ये आइतवारसम्म २ हजार ४ सय ४२ मा झरिएको छ । साथै आइतवार मात्रै ६ सय ५० जनाले आवेदन दिएका छन् ।


आवेदन दिएकाहरू मध्ये आज मात्रै १८ सय ४० जनाको आवेदन सत्यापन गरिएको छ । १५ सय आवेदन सत्यापन गर्ने लक्ष्य राखिएकोमा ३ सय ४० बढी आवेदन रुजु गरिएको हो ।


पछिल्लो समय विदेश अध्ययनमा जानका लागि नो अब्जेक्सन लेटर एनओसी लिने विद्यार्थीको सङ्ख्या बढेपछि वैदेशिक अध्ययन अनुमति पत्र वितरण गर्ने शाखामा विद्यार्थीको भिड लाग्ने गरेको छ ।


साथै शाखा प्रमुख शान्ति राम पौडेलले राजीनामा दिए पछि वासुदेव वस्तीलाइ शाखाको जिम्मेवारी दिइएको छ । उनले एनओसी लिनका लागि आवेदन दिने विद्यार्थीको सङ्ख्या धेरै भएपछि मन्त्रालयबाट जनशक्ति थपेर काम भइरहेको बताए । केही दिनमा भिड् कम गर्ने समेत उनले बताउँदै आएका छन् ।