काठमाडौँ /३ चैत -त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र संकाय डीनको कार्यालयले विद्यार्थीहरुलाई शोधपत्रका लागि एक वर्ष समय थप गरेको छ । विद्यावारिधि (पीएचडी) शोधपत्रका लागि एक वर्ष समयावधि थप गरेको हो ।
शैक्षिक सत्र २०६९ देखि २०७२ सम्म सोझै विद्यावारिधि तहमा भर्ना भई हाल सम्म शोधकार्य गरिरहेका शोधार्थीहरुका लागि शोधप्रवन्ध बुझाउने समय २०८१ को चैत मसान्तसम्म थप गरिएको हो ।
नियमानुसार लाग्ने सम्पूर्ण शुल्क चुक्ता गरी मिति २०८१ चैत्र मसान्त सम्ममा विद्यावारिधि शोधप्रवन्ध मौखिक परीक्षाका लागि बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।