एसईईका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण

काठमाण्डौँ÷३० फागुन – राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० सञ्चालनका लागि २ हजार ५७ परीक्षा केन्द्र निर्धारण गरेको छ । आगामी चैत १५ गते बिहिवार देखि सुरु हुने परीक्षाको केन्द्र निर्धारण गरेको हो ।


एसईई परीक्षा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको जानकारी दिँदै बोर्डले प्रश्नपत्र छाप्ने काम गरिरहेको र अबको तीन चार दिन भित्र सकिने जनाएको छ । साथै दुर्गम र टाढाका जिल्लाहरूमा प्रश्नपत्र र परीक्षाका लागी आवश्यक सामग्रीहरू पठाई सकिएको र नजिकका जिल्लाका प्रश्नपत्र छपाई भईरहेको निमित्त नियन्त्रक केवलीराम अधिकारीले बताए ।


त्यसैगरी नयाँ पाठ्यक्रम अनुसार नियमित र पुरानो पाठ्यक्रम अनुसार ग्रेडवृद्धिको परीक्षा सञ्चालन हुने जानकारी दिँदै एउटै समयमा एउटै परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने भएपनि कोठा भने फरक हुने निर्णय भएको अधिकारीले बताए ।


यो वर्ष करिब ४ लाख ८८ हजार जना विद्यार्थीहरू नियमित तर्फ र ७ हजार ग्रेडवृद्धि तर्फ गरी कुल ४ लाख ९५ हजार विद्यार्थीहरूले एसईई परीक्षा दिदै छन् ।