तनहुँ/२९ फागुन – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षक विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । तनहुँको व्यस नगरपालिका स्थित श्री बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक सुनिता उपाध्याय पौडेल विरुद्ध विशेष अदालत,काठमाडौंमा मुद्दा दायर गरेको हो ।
पौडेलको शैक्षिक योग्यताका प्रमाणपत्रहरु छानबिन गरी पाउँ भन्ने उजुरीका आधारमा अनुसन्धान हुँदा माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट उत्तीर्ण गरेको हाईस्कुल तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्रहरु पेश गरी गरेको आयोगले जनाएको छ ।
प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको हैसियतमा लाभ लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि भएकोले पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायका लागि मागदाबी लिई आज विशेष अदालत,काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरे जानकारी दिएका छन् ।