शिक्षक र कर्मचारीका छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमा पढाउनु पर्ने

गुल्मी/२८ फागुन – गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले सरकारी सेवा सुविधा लिने जनप्रतिनिधी, शिक्षक तथा कर्मचारीहरुले आफ्ना छोराछोरी अनिवार्यरुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको छ । आगामी नयाँ शैक्षिक शत्रदेखि सामुदायिक विद्यालयमा पढाउन निर्देशन दिएको हो ।


नगरपालिकाले सार्वजनिक सूचना जारी गरी सरकारी सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक र कर्मचारीले आफ्ना बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा अध्ययन गराउनु पर्ने गरी नगर सभाबाट निर्णय भएको जनाएको छ ।