विद्यालय नर्सका लागि ६२ पदमा आवेदन माग

धनकुटा/८ फागुन – कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले विद्यालय नर्सका लागि आवेदन माग गरेको छ । विभिन्न स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा विद्यालय नर्स करार सेवाको माध्यमद्धारा पदपूर्ति गर्न आवेदन माग गरेको हो ।


विद्यालय नर्सिंङ्ग सेवा कार्यक्रम सञ्चालन कार्यविधि, २०७६ बमोजिम तोकिएका स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा पाँचौँ तहका ६२ पद संख्यामा आवेदन मागेको छ । तोकिएको स्थानीय तहका विद्यालयमा एक जनाका दरले करारमा नर्सको व्यवस्था गर्न आवेदन मागिएको सूचनामा उल्लेख छ ।


मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिहरूले फागुन २२ गते कार्यालय समयभित्र दरखास्त बुझाउन सक्ने छन् । साथै उम्मेदवारको छनौट विधि लिखित परीक्षा र अन्तर्वार्ता हुने जनाएको छ ।

हेर्नुहोस सूचना :

विद्यालय नर्स रिक्त भएको विद्यालयको नामावली