ओटिसद्वारा नवप्रवेशी शाखा अधिकृतहरूलाई बधाई कार्यक्रम सम्पन्न

काठमाडौँ /७ फागुन- लोकसेवा आयोग, शिक्षक सेवा आयोग साथै अन्य प्रतिस्पर्धात्मक परीक्षाहरूको तयारी कक्षा सञ्चालनमा प्रसिद्ध नेपालको अग्रणी एवं पहिलो ई–लर्निङ्ग प्लेटफर्म ओटिसले आफ्नो प्लेटफार्म मार्फत अध्ययन गरी लोक सेवा आयोगबाट प्रकाशित सिफारिस सूचना अनुसार सामान्य प्रशासन, राजस्व, लेखा एवं न्याय सेवामा सिफारिस हुन सफल भएका शाखा अधिकृतहरूलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।


उक्त कार्यक्रममा संस्थाका अध्यक्ष एवं वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट ऋषिराम चालिसेले यसअघि पनि आयोगले लिने परीक्षाहरूमा ओटिस मार्फत अध्ययन गरी उल्लेख्य उम्मेदवारहरूले सफलता हासिल गरेको यथार्थतालाई स्मरण गराउँदै यस पटकपनि करीव ५५ जना शाखा अधिकृतहरू सफल हुनु भएकोमा आफूलाई अधिक खुसी मिलेको बताउँदै सम्पूर्ण शाखा अधिकृतहरूलाई बधाई एवं सफल र उपलब्धिमूलक कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।


यसैगरी प्रशिक्षक द्वय सन्देश श्रेष्ठ र चूडामणि शर्माले सफल हुनु हुने सबै शाखा अधिकृतहरूलाई बधाई एवं शुभकामना ज्ञापन गर्दै पेसागत जीवनको सफलता, वृत्ति विकास एवं निजामती सेवामा गुणस्तरीय सेवा प्रवाह सहितको पहिचान प्राप्तिका लागि शुभकामना व्यक्त गरे ।


कार्यक्रममा सहभागी सफल शाखा अधिकृतहरूले ओटिसमा जोडिएर विषय विज्ञ प्रशिक्षकहरूबाट लोकसेवा आयोगको स्वीकृत पाठ्यक्रममा आधारित पाठ्यक्रम मैत्री, ज्ञान वर्धक, सरल, सहज एवं व्यवहारिक ज्ञान हासिल गरेको र लोकसेवा आयोगको परीक्षामा सफलता प्राप्त गरेको बताए । उनिहरूले ओटिसमा जोडिएर अध्ययन गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।


उनिहरूले लोकसेवा आयोगको तयारी कक्षा भौतिक कक्षाको तुलनामा अनलाइन मोडमा धेरै सहज भएको बताउँदै कक्षा कोठामा जाने आउने समयको बचत, चौबिसै घण्टा भिडियो कक्षा अध्ययन गर्न मिल्ने , समय समयमा हुने शंका निवारण कक्षा, अनलाइन परीक्षा र पृष्ठपोषण जस्ता विद्यार्थीमैत्री सुविधाहरूले उल्लेखनीय फाइदा भएको बताउँदै ओटिस परिवार र प्रशिक्षकहरूलाई धन्यवाद ज्ञापन समेत गरेका थिए । कार्यक्रममा सम्पूर्ण सफल शाखा अधिकृतहरूलाई खादा एवं मायाको चिनो सहित सम्मान गरिएको थियो ।