काठमाडौं /६ फागुन – त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले तीन जनाको नाम सिफरिस गरेको छ । प्रधानमन्त्री एवम् कुलपति पुष्प कमल दाहाल ‘प्रचण्ड’ समक्ष उपकुलपतिका लागि प्रा. डा. चित्रबहादुर बुढाथोकी, प्रा. डा. केशरज बराल र प्रा. डा. टंकनाथ धमलाको नाम सिफारिस गरेको हो ।
सहकुलपति समेत रहेका शिक्षामन्त्री अशोक राई नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले नाम सिफारिस गरेको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ’सर्टलिस्ट’ मा १४ जना परेका थिए । तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई आइतबार सिफारिस गरिएको हो ।